• Sunday 18th of October 2026

सल्यान बस दुर्घटना अपडेट : १४ जना घाइते


  • धनकुटा खबर
  • .

सल्यान । सल्यानमा बस दुर्घटनामा १४ जना घाइते भएका छन् । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा भएको बस दुर्घटनामा १४ जना घाइते भएका हुन् ।

दुर्घटना चालकसहित १४ जना घाइते भएका र उनीहरूलाई स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ । अहिले घटनास्थलमा प्रहरी निरीक्षक नवीन थापाको कमान्डमा उद्धार कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।

बस पल्टिएर सडकभन्दा तल खसेको छ । रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गर्दा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖