• Sunday 18th of October 2026

सातदोबाटो–बालकुमारी सडक भोलिदेखि रातको समय बन्द हुने


  • धनकुटा खबर
  • .

काठमाडौं— ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ।

ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि वैशाख ६ देखि ११ गतेसम्म सडक बन्द गरिने भएको हो। यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ।

ग्वार्को चोकमा २०७९ को मंसिरदेखि फ्लाइओभर निर्माण सुरु भएको थियो। दुई वर्षमा बनाइसक्ने गरी २०७८ फागुनमा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो।

तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖