• Sunday 18th of October 2026

महिलाको शव फेला, सँगै फेला परेकी शिशुको उपचारका क्रममा मृत्यु


  • धनकुटा खबर
  • .

धनुषा । धनुषाको जनकपुरधाममा महिला र अन्दाजी ८ महिने शिशु जलिरहेको अवस्थामा फेला परेका छन् । बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर महादेव मन्दिरबाट नजिकै रहेको एक खेतमा महिला जलिरहेको अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीका अनुसार महिलाको घटनास्थलमै मृत्यु भएको थियो । शिशुलाई स्थानीयले प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए । त्यहीँ उपचारको क्रममा राति नै मृत्यु भएको थियो । स्थानीयले खेतमा शव जलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा प्रहरी पुगेको थियो ।

घटनास्थलबाट प्रहरीले मृतक महिलाको मोबाइल फोन पनि बरामद गरेको थियो । त्यही मोबाइलको सहयोगले मृतक महिलाको पहिचान खुलेको छ । मृतक महोत्तरी मनरा शिसवा नगरपालिका २ की अन्दाजी २३ वर्षीया प्रियंका महतो हुन् । नाबालिका उनैका बच्चा हुन् वा होइनन् भन्ने बारे प्रहरीले अनुसन्‍धान गरिरहेको जनाएको छ । उनीहरूको मृत्यु कसरी भएको हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖