• Sunday 18th of October 2026

फोन गर्ने बहानामा मोबाइल मागेर फरार, मोबाइल बैंकिङ चलाएर रकम चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । फोन गर्ने बहानामा मोबाइल माग्ने र त्यसपछि लिएर भाग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका निश्चल लामा रहेका छन् ।

उनले काठमाडौँको विभिन्न स्थानमा विभिन्न व्यक्तिहरुसँग मोटसाइकलमा लिफ्ट माग्ने र त्यसपछि विभिन्न बहाना बनाई फोन गर्न भनेर मोबाइल मागेपछि फरार हुँदै आपराधिक लाभ समेत लिने गरेको खुलेको छ ।

यस्तो कार्यमा संलग्न लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ परेर कारबाही प्रक्रिया अघि बढाएको छ । मोबाइल लिएर भागेपछि उनले अनाधिकृत रुपमा उक्त मोबाईलमा रहेको मोबाईल बैंकिङ चलाई विभिन्न व्यक्तिहरुबाट तिन लाख बैशठ्ठी हजार एक सय सत्तरी ठगी गरेको खुल्न आएको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

साथै उनले यसरी लुटेका विभिन्न मोबाइल फोनहरु हाम्रो बजार डट कममा राखी बिक्री समेत गर्ने गरेको पाइएको उनको भनाइ छ । उनलाई राजधानीको सिनामंगालस्थित गोल्डेन गेटबाट पक्राउ गरी थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖