• Sunday 18th of October 2026

बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर फिर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर जिल्ला प्रहरी कार्यालय कास्कीले सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी वसन्त कुमार शर्माका अनुसार बिहीबार दिउँसो करिब डेढ बजेको समयमा ४३ वर्षीय मनोहर पवँरको पैसा राखेको झोला हराएको थियो ।

पोखरा-८ पृथ्वीचोकमा रहेको माताश्री ज्वेलर्समा काम गर्ने पवँर बिहीबार नयाँ बजारस्थित कृषि विकास बैंकमा जम्मा गर्न जाँदै थिए । पैसा राखेको झोला मोटरसाइकलको ‘लेग गार्ड’ बाट कहाँ खस्यो भन्ने पत्तै पाएनन् । हराएपछि मात्रै थाहा पाए ।

घटना लगत्तै उनले प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्दा उक्त झोला भारत घर भई पोखरा-३ पालिखे चोकमा बस्ने ६५ वर्षीय छोटु लाल शर्माले भेटेको पत्ता लाग्यो ।

पैसाको झोला फेला पारेका शर्मा कै रोहवरमा सुनारलाई उक्त रकम बिहीबारै फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖