रूपन्देही । आफ्नै १७ वर्षीया छोरी अञ्जली घर्ती क्षेत्रीको हत्या गरेको अभियोगमा कंचन गाउँपालिका ५ बर्गदवा बस्ने ४८ वर्षीय नारायण बहादुर घर्ती क्षेत्रीलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नारायणले बुटवल उपमहानगरपालिका ४ लुम्बिनी स्थित मालिका होटल एण्ड लजमा अञ्जलीलाई फलामको रडले टाउकोमा प्रहार गर्दा मृत्यु भएको थियो ।
हत्या भएको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
