• Thursday 22nd of October 2026

कतारी अमिर पूर्व निर्धारित कार्यतालिका भन्दा डेढ घण्टा अगाडि नै स्वदेश फर्किने


  • धनकुटा खबर
  • .

काठमाडौं। दुई दिने नेपाल भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी निर्धारित समय भन्दा डेढ घण्टा अगाडि नै स्वदेश फर्किने भएका छन्।

दिउँसो दुई बजे स्वदेश फर्किने कार्यक्रम भए पनि कतारी अमिर डेढ घण्टा अगाडि नै स्वदेश फर्किने भएका हुन्। उनी साढे १२ बजे स्वदेश फर्किने तयारी भएको स्रोतले जनाएको छ। यद्यपि परराष्ट्र मन्त्रालयले भने त्यस विषयमा अनविज्ञता प्रटक गरेको छ।

भ्रमण किन छोटियो भन्ने कारण खुल्न सकेको छैन। ‘कतारी राजाको भ्रमण किन छोटियो भन्ने कारण खुल्न सकेको छैन, तर उहाँले (कतारी राजा) अलि हतार गरेको जस्तो देखिन्छ,’ स्रोतले भन्यो।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व निर्धारित समय भन्दा २० मिनेट अवागै अवतरण गरेका थिए। उनी एयरबस ए-३४०-५४१ विमानबाट नेपाल आएका थिए। अमिर सवार एयरबसको ए–३४० विमान भने दिउँसो ३ः४० मा काठमाडौं विमानस्थलमा अवतरण भएको थियो।

कतारी अमिरलाई विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए। उनले हिजै राष्ट्रपति पौडेलसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन्।

कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल(कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गर्नेछन्। त्यसपछि उनी साढे १२ बजे स्वदेश फर्किने बताइएकाे छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖