• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल भोलि नेदरल्यान्ड्ससँग


  • धनकुटा खबर
  • .

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी–ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आफ्नो पहिलो खेल नेपालले भोलि खेल्दैछ।

समूह ’डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुनेछ।

खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट हुने तालिका रहेको छ। सन् २०१४ मा पहिलोपटक टी–ट्वान्टी क्रिकेट विश्वकप खेलेको नेपालले १० वर्षपछि दोस्रोपटक विश्वकप खेल्न लागेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖