• Monday 26th of October 2026

सहकारी पीडितहरुले प्रचण्डलाई देखाए कालो झण्डा


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पोखरामा सहकारी पीडितहरुले कालो झण्डा देखाएका छन् ।

प्रधानमन्त्री प्रचण्ड आज (सोमबार) पोखराको सभागृहमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रमा सहभागी थिए ।

सो क्रममा सहकारी पीडितहरुले प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए । घटनालगत्तै प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा केही घम्साघम्सीसमेत परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖