• Monday 26th of October 2026

एमाले काठमाडौँ अध्यक्षमा दोहोरिए दीपक निरौला


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला दोहोरिएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनमा निर्मल देउलालाई पराजित गर्दै निरौला निर्वाचित भएका हुन् । उनले ३ सय ७० मत प्राप्त गरेका छन् ।

देउलाले १ सय ९१ मत पाएका थिए । निरौला निवर्तमान अध्यक्ष समेत हुन् । त्यस्तै उपाध्यक्षमा विश्वराम सापकोटाले नवराज पराजुलीलाई पराजित गरेका छन् । सापकोटाले २ सय ६४ र पराजुलीले १ सय ७४ मत पाएका छन् ।

सचिवमा राजेश शाक्य ३ सय ७० मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी सत्यनारायण डंगोल १ सय ९१ मत ल्याएर पराजित बनेका छन् । त्यस्तै उपसचिवमा उद्धव भण्डारी र बिन्दू महर्जन विजयी भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖