• Monday 26th of October 2026

प्रधानमन्त्री प्रचण्डसँग ओलीको डेढ घण्टा मिटिङमा के भयो कुरा ? ओलीले यसो भने


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

आज (बुधबार) प्रधानमन्त्री भेट्न सिंहदरबार आएका ओली–प्रचण्डबीच डेढ घण्टा लामो छलफल भएको थियो । सो भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनको बारेमा छलफल भएको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयत्न गरिरहेका छन् । यसका लागि एमालेले एक जना मन्त्री फिर्ता बोलाउनुपर्ने प्रचण्डको अडान छ । एमाले अध्यक्ष ओलीले भने अहिले आफ्ना कुनै मन्त्री पनि फिर्ता नबोलाउने अडान कायमै राखेका छन् ।

डेढ घण्टा लामो छलफलपछि बाहिरिएका ओलीले प्रचण्डसँगको छलफल राम्रो भएको प्रतिक्रिया दिए । सञ्चारकर्मीहरुले बैठकका बारेमा राखेको जिज्ञासामा जवाफ दिँदै ओलीले भने, ‘छलफल राम्रो भयो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖