• Monday 26th of October 2026

तमोर,कोशी सहित यी क्षेत्रका नदीमा आज बहाव बढ्ने सम्भावना, सतर्कता अपनाउन आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । देशका केही साना नदीमा आज पानीको बहाव बढ्ने सम्भावना छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, धनकुटा भोजपुर, संखुवासभा र सोलुखुम्बु भई बहने साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबका तीन दिन कोसी र यसका सहायक नदीहरू तमोर, अरुण र सुनकोसीमा जलसतह सामान्य बढ्दो हुने महाशाखाको अनुमान छ । कन्काई र यसका सहायक नदीहरूमा पनि जलसतह सामान्य बढ्दो हुनेछ । नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, कमला, वाग्मती, नारायणी, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा पनि जलसतह सामान्य बढ्ने क्रममा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖