• Monday 26th of October 2026

बालेनलाई तह लगाउनेबारे प्रचण्ड, ओली र रविबीच गोप्य छलफल चलेको शेखर कोइरालाको खुलासा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गिरीबन्धु टि-स्टेटको कुरा निकालेपछि सत्तारुढ दलहरु काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विरुद्धमा लागेको आरोप लगाएका छन् ।

शनिबार कांग्रेसको भागृ संगठन डिएलए केन्द्रीय समितिले जनकपुरमा आयोजना गरेको ‘संबिधान कार्यन्वयनको सन्दर्भमा स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले बालेनले स्टाटस राखेको दिननै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बालुवाटारमा जुटेको दाबी गरेका हुन् । उनले यी तीन नेताले जसरी पनि बालेनलाई थुनाउन खोजेको जिकिर गरे ।

उनले भने, ‘भ्रष्टाचार बढेको बढेयै छ । कहीँकतै पनि भ्रष्टाचारमा कमी आएको म देख्दिनँ । दुर्भाग्य भन्नुपर्छ, कहीँकतै कुनै शीर्ष नेतालाई कुनै ठाउँबाट, अस्ति बालेनजीले गिरीबन्धुको कुरा निकाल्दिनुभो । त्यसको भोलिपल्टै तीन वटै नेता बालुवाटारमा बस्नुभो, बालेनलाई कसरी तह लगाउने भनेर ।’

कार्यक्रममा कोइरालासहित कांग्रेस केन्द्रीय सदस्यहरु डा चन्द्रमोहन यादव र दिनेश कोइराला, कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, संघिय सांसद रामकृष्ण यादव, प्रदेश सांसद श्याम पटेल, डिएलएका पुर्व अध्यक्षहरु योगेन्द्र अधिकारी र यदुनाथ खनाल, डिएलएका अध्यक्ष सिताराम केसीलगायत सहभागी भएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖