• Monday 26th of October 2026

नक्कली लाइसेन्स प्रकरण : उपसचिवसहित ५ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । नक्कली लाइसेन्स प्रकरणको जालोमा परेको यातायात कार्यालय बुटवलमा लामो समय काम गरेका पूर्वप्रमुख उपसचिवसहित ५ कर्मचारी पक्राउ परेका छन् ।

सो प्रकराणमा उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, कम्प्युटर अपरेटर दिलिपकुमार शाह, राजेश लम्साल र सुवास पौडेल पक्राउ परेका हुन् ।

सरकारी कागजात कीर्ते गरेको अभियोग लागेर पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर थुनामा राखिएको छ । यसअघि नक्कली लाइसेन्स प्रकरणमा छानबिन गरिररहेको सीआईबीले कर्मचारीसहित ९ जनालाई पक्राउ गरेको थियो । यातायात व्यवस्था विभागमा लाइसेन्स प्रिन्ट गर्ने शाखाका कर्मचारीसहित पक्राउ परेका उनीहरु धरौटीमा छुटेपनि उनीहरुको मुद्दा छिनोफानो भएको छैन ।

यातायात व्यवस्था विभागले उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा समति गठन गरी नक्कली लाइसेन्सबारे छानबिन गरेको थियो । विगत ८ वर्षमा १ लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको खुलेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖