• Monday 26th of October 2026

पैसा धेरै भएपछि आज पनि राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ —बैंक तथा वित्तीय प्रणालीमा पैसा (तरलता) बढी भएपछि आज फेरि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । बिहीबार मात्र राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिकेको थियो ।

केही दिनयता राष्ट्र बैंकले निरन्तर जसो बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज फेरि १४ दिनका लागि ४० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

यसका आज (शुक्रबार) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖