• Monday 26th of October 2026

सरकार के हुन्छ भन्ने भ्रम म प्रधानमन्त्री भएदेखि नै फैलाइएको थियो, केही हुँदैन: प्रधानमन्त्री


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार के हुन्छ भन्ने भ्रम आफू प्रधानमन्त्री भएदेखि नै फैलाउन खोजिएको बताएका छन्।

शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले पनि सरकार के हुन्छ भन्ने भ्रम फैलाउन खोजिएको तर केही नहुने बताएका हुन्।

‘यस्तो प्रचार र आशंका म प्रधानमन्त्री भएको दिनदेखि नै थियो। तर, कुनै समस्या छैन। अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु। तर, केही हुँदैन,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताए।

‘हामी समझदारीका साथ नै अगाडि बढेका छौँ। समझदारीका साथ नै अगाडि बढ्छौँ। सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖