• Monday 26th of October 2026

कोशी सरकार गठनविरूद्धको रिट ‘हेर्दा हेर्दै’ मा,अर्को सुनुवाइ कहिले ?


  • धनकुटा खबर
  • .

काठमाडौं,९ असार । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज पनि हेर्दा हेर्दैमा राखिएको छ ।

३१ जेठमा न्यायाधीशहरू कुमार रेग्मी, डा नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथिको बहसमा ३१ जेठमा ६ जना कानुन व्यवसायीहरूले भाग लिएका थिए । आजदेखि रिट निवेदनको तर्फबाट छुटेका कानुन व्यवसायीहरूले बहस सकेपछि प्रत्यर्थीको बहस भएको छ । आज पनि सो टिरमा सुनुवाई नसकिएको हुँदा अर्को मिती तोकेर हेर्दा हेर्दैमा राखिएको हो ।

गएको जेठ २७ मा सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तोकिएको थियो । तर, न्यायाधीश सुनिल कुमार पोखरेलले सरकार निर्माण सम्बन्धी विवादमा यसअघि कानुन व्यवसायीको हैसियतमा हालको मुद्दामा विपक्षी रहेका हिक्मत कार्कीको विपक्षमा मुद्दा लडेको भन्दै मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।

पूर्ण इजलास पुग्नुअघि यही मुद्दा सर्वोच्चको एकलत र संयुक्त इजलासमा पुगीसकेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासपछि सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले यो मुद्दामा सुनुवाइ गर्‍यो । तर, थप संवैधानिक प्रश्न रहेको भन्दै संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरित अर्को मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले गत वैशाख २७ मा दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको भए पनि अदालतले अन्तरिम आदेश भने दिएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖