• Monday 26th of October 2026

एमालेका ३० जना नेताहरूको जम्बो टोली आज चीन भ्रमणमा जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, असार ११ । नेकपा (एमाले)का ३० जना नेताहरूको जम्बो टोली आज चीन भ्रमणमा जाँदैछ । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली आज १० दिने चीन भ्रमणमा जान लागेका हो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरु त्यसतर्फ जान लागेका हुन् । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ । टोलीले चीनको बेइजिगसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा पोहोर महासचिव शंकर पोखरेलले यस्तै टोलीलाई लिएर गएका थिए । यस पटक भने उपमहासचिवको नेतृत्वमा जान लागेको हो ।

भ्रमण दलमा रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, सांसदहरू महेश बस्नेत (इलाम), सरस्वती सुब्बा, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्वा लामा, प्रेम दंगाललगायत रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖