• Monday 26th of October 2026

कांग्रेस उपसभापति गुरुङको उद्घोष : मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको कसैले प्रमाण ल्याए राजनीति छोड्छु’


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट संन्यास लिने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

‘म सिधा कुरा भन्छु। धनराज गुरुङले कुनै एक मात्र ठाउँमा कुनै एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदि लिएर आउँछ भने म राजनीतिबाट संन्यास लिन तयार छु।’ उनले भने।

हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरू कम हुने उनको तर्क थियो।

उपसभापति गुरुङले भ्रष्ट प्रवृत्तिका मान्छेहरूलाई खादा र माला लगाएर कांग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने जिकिर गरे। ‘भ्रष्ट प्रवृत्तिका मान्छेहरूलाई खादा र माला लगाएर न कांग्रेस उँभो लाग्छ, न त देश।’ उनले भने

उनले वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताए। कहीँ कतै कसैले औँला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउन आवश्यक रहेको उनको भनाइ थियो।

उपसभापति गुरुङले राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको जिकिर पनि गरे। पदका लागि मात्रै सहअस्तित्व स्विकार्ने र समन्वय गर्ने काम हुनु नहुने उनको टिप्पणी थियो।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖