• Monday 26th of October 2026

रविको ‘किचेन क्याबिनेट’मा किचलोः महाधिवेशन नभई ढकालले रास्वपा महामन्त्री छाड्न लागेका हुन्?


  • धनकुटा खबर
  • .

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकालले अकास्मात् आफूलाई सहदेव बनाइएको भन्ने अभिव्यक्तिसहित सभापति रवि लामिछानेसँगको रोषलाई सतहमा ल्याएका छन्।

३८ जिल्ला घुमेर २०७९ जनासँग प्रत्यक्ष संवाद गरेको र त्यसबाट आएका मतअनुसार प्रतिवेदन सभापतिलाई बुझाएर फर्किने क्रममा उनले यहि कुरा दोहोराएका थिए। यति मात्र होइन ढकालले आफ्नो महामन्त्री पदको मृत्यु हुनेसमेत बताइकेका छन्।

यसको अर्थ के उनले महामन्त्री पद त्याग गर्न लागेका हुन्? सभापति लामिछानेसँग उनको दूरी बढेको हो?

उनले पार्टीका आफ्ना विचार, स्वामित्व र निर्णय गर्ने अधिकारलाई समेत बन्देज बनाएको भन्ने भान हुनेगरी केही विषयलाई सतहमा ल्याएका छन्। के रास्वपाको भविष्य उनले भनेजस्तो कमजोर बन्दै गइरहेको छ?

पुराना राजनीतिक दलसँगको गठजोडभन्दा अहिले उदाएका नयाँ अनि स्वतन्त्र मेयरहरूसँगको सहकार्यमा जोड दिएका महामन्त्री ढकाल किन त्रसित छन्?

पार्टीका विषयको प्रतिवेदन सार्वजनिक सञ्चार माध्यममा दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाललाई कारबाहीको तयारीबारेका खबरहरू पनि आइरहेका छन्।

रवि लामिछानेको ‘किचेन क्याबिनेट’का सदस्य मानिने ढकाल एकाएक यसरी किन बिच्किए?

रास्कोटमा अस्पताल निर्माणका क्रममा ढकाललाई लामिछानेले आफूसँग जोडेका थिए। योसँगै राजनीतिक पार्टी स्थापनासँगै ढकाललाई महामन्त्री र प्रवक्ता जस्तो विश्वासिलो जिम्मेवारी दिएका लामिछानेसँग ढकाल किन चिढिएका हुन्? के ढकालको दाबीजस्तो दलले उनलाई कारबाही गर्न लागेका कारण उनले उक्त पद त्याग गर्न लागेका हुन्? आखिर सही कारण के हो भन्ने सतहमा आइसकेको छैन। तर, ढकालको अभिव्यक्तिलाई हेर्ने हो भने उनीमाथि नेतृत्वको दबाब रहेको छ भन्ने प्रष्ट देखिन्छ।

पार्टीमा उनीबाहेक अन्यको हस्तक्षेपलाई रविले स्वीकार गरेको र ढकालको केही चल्ने स्थिति नरहने भएका कारण यसरी धारणा सार्वजनिक भइरहेको भन्ने कतिपयले अनुमान गरेका छन्। डा. स्वर्णिम वाग्लेलगायतका उपाध्यक्षको चल्दा महामन्त्री ढकालको कुराको सुनुवाई कम भएको र उनले पार्टीमा गरेका व्यवाहारका कारण आलोचित हुनु परेको रोष प्रतिवेदनमा र मिडियामा देखाएको भन्नेहरू पनि छन्।

गृह मन्त्रालयबाट निस्कँदै गर्दा सभापति लामिछानेले भने ढकालको रोषप्रति नकारात्मक प्रतिक्रिया दिएनन्। बरु, महामन्त्रीले पार्टीको चिन्ता लिनु स्वभाविक भएको र प्रतिवेदन अध्ययनपछि धेरै कुरा भन्न सकिने प्रतिक्रिया लामिछानेले दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖