• Monday 26th of October 2026

कम्युनिष्ट पार्टी बीचको एकता प्रक्रिया फेरि अघि बढिसकेका छौं : प्रधानमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं, असार १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको बताउनु भएको छ ।

जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूहरू एकताको प्रक्रियातिर फेरि अघि बढिसकेको बताउनु भयो । उहाँले नेकपा एकताका लागि सबैले आआफ्नो ठाउँबाट योगदान दिनसमेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले देशमा केही भएन भन्ने भाष्य चिर्न आवश्यक रहेको भन्दै जनताले सोचेजति नभए पनि धेरै काम भएको बताउनु भयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖