• Monday 26th of October 2026

बालेनलाई सिध्याउन रास्वपाले नयाँ खेल खेल्यो :गायक शिव परियार


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा.मुकुल ढकालले हालै देशभरको भ्रमण गरेर तयार पारेको प्रतिवेदनले रास्वपामा मात्र नभई सिंगो राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ । ढकालले देशका ३८ जिल्ला घुमेर १ महिनालामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए ।

ढकालले आफ्नो प्रतिवेदनमा रास्वपाले बेलैमा कठोर निर्णय नलिएमा केही समयमा नै पार्टी विवेकशीको हालतमा पुग्ने चेतावनी दिएका थिए । उनले तत्काल सरकारबाट हट्नुपर्ने, एमाले माओवादीसँगको साँठगाँठ त्यागेर काठमाडौंका मेयर बालेन हाल र धनगडीका मेयर गोपी हमालसँग मिल्नुपर्ने बताएका थिए ।

ढकालको प्रतिवेदनपछि विभिन्न व्यक्तिले प्रतिकृया दिईरहेका छन् । यस्तैमा गायक शिव परियारले रास्वपाले बालेनलानई सिध्याउने रणनीति अनुसोर सो प्रतिवेदन ल्याएको दाबी गरेका छन् । मुकुलको प्रतवेदन आएपछि परियारले स्टाट्स लेख्दै रास्वपाले डिजाइन गरेर नै प्रतिवेदन ल्याएको दाबी गरेका छन् ।

‘अचानक नाटकीय स्वरूपमा रास्वपाले आफ्नो नयाँ प्रतिवेदनमा बालेनसँग मिलेर नगए भविष्यमा पार्टीलाई भारी पर्ने र भविष्यमा पार्टी सकिनेसम्मको समाचार बाहिर आएको देखियो र,अहिले सरकारबाट बाहिर निस्कनुपर्ने धारणा राखेको पनि देखियो,’ शिवले लेखेका छन्, ‘मेरो विचारमा यो २०८४ सालमा हुने चुनावी रणनीतिका लागि पूर्व देखाएर पश्चिमतिर पड्काउने नेपाली राजनीति अति नै पुराना खेलाडीको योजना र डिजाइन अनुरूप, पार्टीको एउटा खेमाले बालेनसँग मिल्न चाहेको सन्देश प्रवाह गर्नुले बालेन नयाँ शक्तिको रुपमा उदाउन सक्ने पूर्वानुमानसहित अन्ततः बालेनलाई सिध्याउने नीति अनुरूप लामो समयको खेल तालिकासहित नयाँ खेलको सुरुवात हुन लागेको महसुस हुन्छ ’।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖