• Monday 26th of October 2026

मदन भण्डारीका हत्यारा पत्ता लाग्छन्,समय लाग्छ : एमाले अध्यक्ष ओली


  • धनकुटा खबर
  • .

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले केही समय लागे पनि मदन भण्डारी र जीवराज आश्रितका हत्यारा पत्ता लाग्ने दाबी गरेका छन्।

सत्तामा रहेका ओलीले सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिसँगको अन्तरवार्ताका क्रममा यस्तो दाबी गरेका हुन्।

‘समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन–आश्रितको हत्यारा पत्ता लाग्छ’, उनले भनेका छन्।

मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको दाबी एमालेले गठन गरेको आयोगले गरेको थियो। त्यो आयोगका अध्यक्ष ओली स्वयम् थिए।

दासढुंगा घटनाको सत्य–तथ्यलाई शक्तिको आडमा लुकाउन खोजिएको संकेत गर्दै ओलीले त्यस्ता प्रयास सधैं सफल नहुने बताएका छन्।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगा भन्ने स्थानमा जीप दुर्घटनामा परी एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो।

दुर्घटनामा एकमात्र प्रत्यक्षदर्शी जीप चालक अमर लामा भने सकुशल थिए। उनको माओवादीले हत्या गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖