• Monday 26th of October 2026

ओलीले चिया खान बोलाएपछि देउवा पुगे बालकोट


  • धनकुटा खबर
  • .

काठमाडौं । सत्तासाझेदार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो देउवा भक्तपुरको बालकोटस्थित ओलीनिवासमा पुगेका हुन् ।

भेटवार्ता देउवाका साथमा उनकी पत्नी आरजु राणा पनि थिइन् । ओलीको निमन्त्रणामा देउवा बालकोट पुगेका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

“सत्तारूढ घटकका अध्यक्षले हाम्रो पार्टी सभापतिसँग भेट्न चाहनुभयो र उहाँ (केपी ओलीले चिया खान बोलाउनुभयो । उहाँ (शेरबहादुर देउवा) चिया खान जानुभएको हो,” उनले बाह्रखरीसँग भने ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, राष्ट्रिय समस्यालगायत विषयमा ओली र देउवाबीच छलफल भएको हुन सक्ने उनको अनुमान छ ।

“भेटमा टीआरसी, केही राष्ट्रिय समस्या छन् । सरकारको काम–कारबाही सर्वत्र चित्तबुझ्दो छैन । यी नै विषयमा अन्तरंग कुराकानी भएको हुनुपर्छ,” उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖