• Monday 26th of October 2026

एकीकृत समाजवादीको महाधिवेशनमा नजान पार्टीका नेताहरुलाई ओलीको निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनमा नजाने भएका छन् ।

एकीकृत समाजवादीको १०औं महाधिवेशन आज (आइतबार) उद्घाटन हुँदैछ । उद्घाटन समारोहमा एकीकृत समाजवादीले संसद्मा रहेका सबै दलहरु र संसद् बाहिरका महत्वपूर्ण घटकहरुलाई समेत निमन्त्रणा पठाइएको छ ।

एमाले अध्यक्ष ओलीलाई निमन्त्रणा पठाइएको भएपनि उनी महाधिवेशनमा नजाने निश्चित भएको बालकोट स्रोतले बताएको छ । महाधिवेशनमा सहभागी नहुने निर्णयमा पुगेका ओलीले पार्टीका अरु नेताहरुलाई पनि नजान भनेको छन् ।

एकीकृत समाजवादी सत्ता समीकरणको घटक भएपनि ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको सम्बन्ध राम्रो छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖