• Monday 26th of October 2026

उपसभामुख ईन्दिरा राना मगरले संसद बैठकमै सांसदहरू घ्वारघ्वार निदाएको देखेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौ । उपसभामुख ईन्दिरा राना मगरले संसद बैठकमै सांसदहरू निदाउने गरेको बताएकी छन्।

संघीय संसद भवनमा आइतबार भएको ६६ औं संसद दिवसमा आयोजित कार्यक्रममा बोल्दै उपसभामुख रानाले संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताएकी हुन्।

‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वारघ्वार सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू,’ उनले भनिन्, ‘यहाँ पनि धेरै जना सुतेको देखेँ। अलिअलि रेकर्ड पनि गरेर राखेको छु।’

उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर पनि नभएको भन्दै दु:ख व्यक्त गरेकी थिइन्। (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖