• Monday 26th of October 2026

यस वर्ष त म प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन : एमाले अध्यक्ष ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकपछि संसद भवन बाहिर पत्रकारहरुको प्रश्नको जवाफ दिदै ओली यस्तो जवाफ दिएका हुन् ।

प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने– ‘यस वर्ष त त्यस्तो लाग्दैन मलाई । यो वर्ष बन्छुजस्तो लाग्दैन् ।’ 

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस- एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖