• Monday 26th of October 2026

एमालेका मन्त्रीलाई बालकोट बोलाएको छैन : बालकोट


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले आज साँझ साढे ६ बजे एमालेका मन्त्रीहरुलाई बालकोट बोलाएको भन्ने खबर असत्य भएको स्पष्ट पारेको छ ।

पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता–सहकार्यको थालनी भएको भनेर प्रचार भएको बेलामा ओलीको सचिवालयले ह्याण्डल गर्दै आएको ‘बालकोट’ नामक फेशबुक पेजमा यस्तो कुरा आएको हो ।

उक्त पेजमा भनिएको छ–‘

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ। तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖