• Monday 26th of October 2026

प्रचण्डले जादू र उथलपुथल गर्न खोजे संकल्प प्रस्ताव


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिए के गर्ने ? कांग्रेस–एमालेका नेताहरुले यसको रणनीतिक समाधान खोजिसकेको बुझिन्छ ।

प्रचण्डलाई फकाएर राजीनामा गर्न लगाउने, फकाएर नभएमा थर्काएर राजीनामा गराउने, त्यो गर्दा पनि नमाने तेस्रो उपाय लगाइने बुझिन्छ ।

त्यो तेस्रो उपाय भनेको प्रतिनिधि सभामा संकल्प प्रस्ताव ल्याउने हो ।

संविधान अनुसार प्रचण्ड विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सकिँदैन । चुनावपछि सरकार बनेको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नसकिने व्यवस्था संविधानमा छ । सरकारमा रहेको कुनै दलले सरकार त्यागेमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था संविधानमा छ तर त्यस्तो विश्वासको मत ३० दिनभित्र लिनुपर्छ । प्रचण्डले ३० दिनको त्यो सुविधा दुरुपयोग गरेर उथलपुथल र जादू गर्न सक्ने सम्भावनालाई कांग्रेस–एमालेले पहिले नै विचार गरेका थिए ।

प्रचण्डले राजीनामा नदिएको अवस्थामा प्रतिनिधि सभामा संकल्प प्रस्ताव ल्याउने कांग्रेस–एमालेको रणनीति रहेको बुझिन्छ । संकल्प प्रस्तावमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गरिनेछ । यस्तै खालको अभ्याश तत्कालीन मुख्यमन्त्री केदार कार्की विरुद्ध कोशी प्रदेशमा गरिएको कांग्रेसका एक नेताले बताए । उनका अनुसार कोशी प्रदेशमा गरिएजस्तै अभ्याश प्रतिनिधि सभामा गरिने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖