• Monday 26th of October 2026

यसरी देखिए प्रचण्ड -देउवा सँगसँगै


  • धनकुटा खबर
  • .

काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा एउटा कार्यक्रममा सँगै देखिएका छन् ।

कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा आयोजित फोटो प्रदर्शनीमा दुई नेताको भेट भएको हो ।

कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डलाई देउवाले स्वागत गरेका थिए । त्यसपछि दुई नेताले प्रदर्शनीको अवलोकन गरेका थिए ।

नेपाली काँग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्ति देखि शान्ति सम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो । फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे ।

फोटो प्रदर्शनीको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अवलोकन गरिसकेका छन् ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई अटाइएको उनले बताए ।-सुबास श्रेष्ठ/रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖