• Monday 26th of October 2026

एमालेसँगको सत्ता सहकार्यबारे कांग्रेसले गर्‍यो विपक्षी दलसँग छलफल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्यको सहमतिबारे विपक्षी दलसँग छलफल गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ आफ्नो निवासमा सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिबारेमा विपक्षी दलका नेताहरूलाई ब्रिफिङ गरेका हुन् ।

देउवा निवासको छलफलमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू सहभागी थिए ।

बैठकमा देउवाले एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेकाले साथ दिन उनीहरूलाई आग्रह गरे थिए । यादव, लिङ्देन र ठाकुरले सकारात्मक जवाफ दिएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖