• Monday 26th of October 2026

के होला त गृहमन्त्री रबि लामिछानेको निलम्बन ?


  • धनकुटा खबर
  • .

काठमाडौं, असार १९ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गर्दै दायर भएको रिटमा आज पनि सुनुवाइ हुँदैछ।

यसअघि मङ्गलवार बहस नसकिए पछि उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। मङ्गलवार दिनभर गृहमन्त्री लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि आजका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीको जवाफी बहस बाँकी रहेको छ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै गत जेठ १४ मा रिट दायर गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖