• Monday 26th of October 2026

एकीकृत समाजवादीमा नेपाल अध्यक्षमा र भुसाल महासचिवमा सर्वसम्मत


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसहमतिले नेतृत्व चयन गरेको छ ।

बिहीबार झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई सम्मानित नेतामा सर्वसम्मत चयन गरेको हो।

महाधिवेशन हलमा सम्मानित नेता खनालले अध्यक्षमा माधवकुमार नेपाल, पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसहमतले चयन भएको घोषणा गरेका थिए ।

उनले अब २९९ सदस्यहरु भएको केन्द्रिय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी रहेको उनले जानकारी दिए ।

अब बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको चयन सचिवालयले गर्ने बताइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖