• Monday 26th of October 2026

नेपालमा राजनीतिक उथलपुथलकै बेला ‘रअ’ का नयाँ नेपाल प्रमुख काठमाडौं ओर्लिए


  • धनकुटा खबर
  • .

काठमाडौं: नेपालमा सत्ता समीकरण फेरबदल भएर उथलपुथल भएकै बेला भारतीय खुफिया एजेन्सी ‘रअ’ को नेपाल प्रमुख तोकिएका अँशुल शर्मा राजधानी ओर्लिएका छन्। आजमात्रै उनी नेपालको राजधानी काठमाडौं जिम्मेवारी सम्हाल्न आइपुगेका हुन्।

राघव पी.भट्नागरको ठाउँमा ‘रअ’को स्टेशन चिफ नियुक्त भएका उनी भिस्तारा एयरलाइन्सको युके १५७ मा दिल्लीबाट आजै काठमाडौँ उत्रिएका हुन्। अंशुल यसअघि अमेरिकास्थित भारतीय दूतावासमा थिए।

राघव कार्यकाल सकिएर पनि यतै रहेका र प्रधानमन्त्री प्रचण्डले काँग्रेस छोडेर एमालेसँग मिल्दा पूर्वसूचना लिन नसकेको भनी नयाँ दिल्लीको आलोचनामा परेका थिए। अहिले उनले अँशुललाई सबै कुरा जिम्मा लगाएर असार २७ गते स्वदेश फर्कने तयारी छ।

उनी करिब तीन वर्षसम्म नेपाल बसेका थिए। नेपालमा राजनीतिक संकट चुलिएका बेला रअ हाकिम काठमाडौं ओर्लिएको कुरालाई लिएर चर्चा परिचर्चा भए पनि भारतीय दूतावास स्रोतले भने यसलाई नियमित फेरबदली भनेको छ। यस अगाडीका भट्नागर २०७८ बैशाखमा नयाँ प्रमुखको रूपमा नेपाल आएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖