• Monday 26th of October 2026

सरकार जोगाउने कसरतमा प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार जोगाउने कसरतमा रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड सरकार कसरी जोगाउन सकिन्छ भन्ने ’दयगतमा पार्टी नेताहरूसँग छलफल गरिरहेका छन् ।

सत्तासाझेदार एमालेले समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको छ । एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

तर, प्रधानमन्त्री प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले संसद्मा विश्वासको मत लिने निर्णय गरिसकेको छ । सोही कारण प्रचण्डले अल्पमतमा परे पनि राजीनामा दिएका छैनन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖