• Monday 26th of October 2026

ओलीलाई प्रधानमन्त्री बन्न नैतिक धरातलले दिँदैनः प्रा.डा.केसी


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ असार । राजनीतिक विश्लेषक, प्रा.डा. सुरेन्द्र केसीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने नैतिक धरातल नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कारण नभइ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेकाले अहिले उनलाई प्रधानमन्त्री बन्न नैतिक धरातलले नदिने बताएका हुन् ।

‘अहिले केपी शर्मा ओली प्रधानमन्त्री हुने नैतिक धरातल छ भन्ने मलाई लाग्दैन । चार महिना अगाडि उहाँले त्यो गठबन्धन बनाउनुभएको हो । अहिले के कारणले सरकार ढाल्नुभयो ? कारण चाहियो देशलाई,’– उनले भने ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको कार्यशैलीमा अनेकौं प्रश्नहरु भएपनि प्रधानमन्त्री प्रचण्डमा त्यस्तो प्रकारको कुनै नैतिक प्रश्न नरहेको उनले बताए । चार महिना अगाडि कांग्रेससँगको गठबन्धन टुटाएर आफूसँग मिल्न आएका प्रचण्डलाई धोका दिएर ओलीले गलत गरेको उनको भनाइ छ । अहिले ओलीले काँध फेर्नुपर्ने कुराको कुनै औचित्यता नरहेको बताए ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग बदला लिनुलाई उनले स्वभाविक रुपमा चित्रण गरे । तर, एमाले अध्यक्ष ओलीको यही व्यवहारले कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेमा आशंका रहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖