• Monday 26th of October 2026

एमाले कांग्रेस गठबन्धन अग्रगमन हुन सक्दैन : माओवादी


  • धनकुटा खबर
  • .

हेटौंडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले एमाले–कांग्रेस गठबन्धन अग्रगमन हुन नसक्ने टिप्पणी गरेको छ । आइतबार बसेको बैठकले एमाले–कांग्रेस सत्ता समीरकण सरकार गठन मात्र नभएको र सो गठबन्धन पश्चगमनतर्फ केन्द्रित रहेको समीक्षा गरेको हो ।

वर्तमान समयको सत्ता साझेदारी सहमति कांग्रेस, एमालेको आवरणमा अन्य शक्तिको स्वार्थमा रहेको बैठकमा सहभागी एक सदस्यले बताए । उनका अनुसार कांग्रेस र एमाले सत्ता साझेदारी संघीयता गणतन्त्र र व्यवस्था माथिको चुनौती हो । वर्तमान व्यवस्थाविरुद्ध एमाले र कांग्रेसको सत्ता समीकरण बनेको बैठकमा समीक्षा भएको उनले बताए । एमाले कांग्रेस सत्ता साझेदारी वर्तमान व्यवस्थामाथिको हस्तक्षेप भएको उनको भनाई छ ।

‘अहिलेको नयाँ सत्ता समीकरण सरकार गठनका लागि मात्र होइन भन्ने माओवादी केन्द्रको संसदीय दलको ठम्याइ हो । यो गठबन्धन अग्रगामी हुन सक्दैन । ठुला शक्तिसँगको सत्ता साझेदारी सरकार चलाउन मात्र केन्द्रित छैन । यो समीकरण व्यवस्थामाथिको हस्तक्षेप हो । स्वार्थ शक्तिहरूले निर्माण गरेको सत्ता समीकरण पश्चगमन तर्फ केन्द्रित रहेको छ,’ उनले भने ।

एमाले र कांग्रेस सत्ता साझेदारी संघीयता, धर्मनिरपेक्ष, समानुपातिक समावेशिताको विरुद्धमा रहेको उनले बताए । संविधान संशोधनको नाममा एमाले कांग्रेस गठबन्धनले संघीयता, समावेशिता र व्यवस्थामाथि नै धावा बोल्ने काममा अग्रसर हुने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖