• Monday 19th of October 2026

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत ४ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ ।

अहिले बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठक बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आर्थिक वर्ष २०८१(०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖