• Monday 19th of October 2026

एसइईको तयारी अन्तिम चरणमा


  • धनकुटा खबर
  • .

काठमाडौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका छ । यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसइई दिन परीक्षा फाराम भरेका छन् ।

बोर्डले परीक्षाको लागि प्रश्न पत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केही दिनमा पठाउने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

७४ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्न पत्र पठाइएको हो । काठमाडौँ उपत्यकाको हकमा २२/२३ वटा प्रहरी कार्यालयमा पठाउनुपर्ने भएकाले केही समय लागेको पौडेलले बताए ।

‘प्रश्न पत्र काठमाडौँ बाहेकका जिल्ला पुर्‍याइसकियो । काठमाडौँका प्रहरी चौकी चौकी पुर्‍याउनुपर्छ । यहाँ १/२ दिनमा जान्छ । यहाँ २२/२३ ठाउँमा पठाउनुपर्छ । भित्र ट्रकमा पठाउन मिल्दैन । सानो गाडीमा पठाउनुपर्ने हुन्छ । त्यो बाहेक प्रश्न पत्रबाहेकको प्रदेश र जिल्लाले गर्ने काम पनि भइरहेको छ’ पौडेलले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖