• Monday 19th of October 2026

काठमाडौँ ल्याइएका पूर्वसभामुख महराको बयान लिँदै सिआइबी


  • धनकुटा खबर
  • .

काठमाडौँ- सुन प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बयान लिँदैछ ।

सोमबार बिहान कपितवस्तुबाट पक्राउ परेका उनलाई केहीबेरअघि काठमाडौँ ल्याइएको छ ।आज बिहान भैरहवा हुँदै दाङ जाने क्रममा महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाकाे पकडी चाेकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

छानविन आयोगले सुन काण्डको प्रतिवेदन बुझाएपछि महरा प्रहरी निगरानीमा थिए । सोही क्रममा उनलाई आज पक्राउ गरी काठमाडौँमा ल्याई अनुसन्धान गर्ने तयारी रहेको सिआइबी उच्च स्रोतले जानकारी दिएको छ ।

सिआइबी उच्च स्रोतका अनुसार उनको आज बानेश्वरस्थित सिआइबीको केन्द्रीय कार्यालयमा बयान लिने तयारी छ ।पूर्वसभामुख महरासँग आयोगले यसअघि बयानसमेत लिएको थियो । साथै, महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत् भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

यस प्रकरणबारे सिआइबीले गरेको अनुसन्धानमा त्रुटि रहेको छानविन समितिले निष्कर्ष निकालेको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा गृहमन्त्री रवि लामिछानेले महरालाई तत्काल कारवाही गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖