• Monday 19th of October 2026

महरा खाना खान गएका बेला यसरी परे पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। सोमबार बिहान धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट महरालाई प्रहरीले पक्राउ गरिएको हो।

‘महरा सर खाना खान जानु भएको थियो, त्यसैबेला नियन्त्रणमा लिइएको हो,’ स्रोतले भन्यो। महरालाई आज बिहान रुपन्देहीबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागिएको केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले जानकारी दिए। लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख कुबेर कडायतले भैरहवाबाट उनलाई काठमाडौं पठाउन लागेको पुष्टि गर्दै भने, ‘अहिले काठमाडौं पठाउने तयारीमा छौं।’

आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए। त्यही अनुसार प्रहरीले सक्रियता बढाएको छ। हिजो मात्र , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० प्रमुखको जिम्मेवारी सम्हालेका एआइजी श्यामलाल ज्ञवालीले सुन तस्करी प्रकरणको पुरक अनुसन्धान गर्ने जनाएका थिए।

२०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट भेप ल्याएका थिए। ७३ बट्टामा ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो। सो प्रकरणमा महराको ‘कनेक्सन’ देखिएको थियो। तर सीआईबी उनीविरुद्ध मुद्दा नचलाई कागज गराएको छाडेको थियो।

सोही प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका लागि थुनामा छन्। पूर्वसभामुख समेत रहेका महरालाई पनि सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖