• Monday 19th of October 2026

रुसी सेनामा भर्ती भएका नेपालीहरूको करार रद्द गर्न रुस तयार : परराष्ट्रमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा सहभागी भएर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र बीमावापतको रकम उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताए।

उनले भने- रुसी विदेश मन्त्रालयले सेनामा भर्ती भएकाहरू मध्ये घर फर्किन चाहनेहरूलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ। तर, त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ। यसबारे मस्को स्थित नेपाली राजदूतावासले निरन्तर फलोअप गरिरहेका छ। युक्रेनमा बन्दी बनाइएकाहरूको फोटो सार्वजनिक भएको छ। उहाँहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको छ।

रुसी सेनामा रहेका नेपालीहरूको सन्दर्भमा र युक्रेनमा रुसी सेनामा भर्ती भएकै कारणले बन्दी बनाइएका नेपालीहरुबारे सरकारले सम्पूर्ण रूपले समस्या समाधान गर्ने संकल्पको साथ अघि बढिरहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖