• Monday 19th of October 2026

मनाङेले खाए मन्त्रीको शपथ, एमाले र माओवादीको बहिष्कार


  • धनकुटा खबर
  • .

काठमाडौं,५ चैत । नवनियुक्त गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री दीपक मनाङेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्यज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मनाङे चौथो पटक गण्डकीको मन्त्री बनेका हुन् । उनले यसअघि तीन पटक युवा तथा खेलकुद मन्त्रीको जिम्मेवाररुी सम्हालेका थिए । गण्डकीमा हाल कांग्रेसको मात्र एकल अल्पमतको सरकार छ । मुख्यमन्त्री पाण्डेले बहुमत पुर्‍याउन सांसद मनाङे, माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपाको समर्थन खोजिरहेका थिए ।

अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले सांसद मनाङे, देवकोटा र राप्रपाका २ सांसदको समर्थन पाउँदा बहुमत पुर्‍याउन सक्छन्।

गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ स्वतन्त्र चुनाव जितेर एकिकृत समाजवादी प्रवेश गरेका मनाङे गरी ६० जना सदस्य छन्। गण्डकीमा सरकार बनाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ।

प्रदेश सभा मध्यावधिमा नजाओस् भनेर सचेत रहेको बताउँदै आएको राप्रपाले पनि आफूलाई साथ दिने विश्वास पाण्डेको रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖