• Saturday 17th of October 2026

श्रीमतीमाथि अनैतिक सम्बन्ध राख्ने गरेको आशंकामा सहायक हवल्दारले हाने सलमानलाई छुरा


  • धनकुटा खबर
  • .

मोरङ । प्रहरीका सहायक हवल्दारले एक जना भारतीय युवकमाथि छुरा प्रहार गरेका छन्।

मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारी चोकमा प्रहरीका सहायक हवल्दार दुसेन्त राजवंशीले भारतको अररिया जोगवनीका ३१ वर्षीय मोहमद सलमानमाथि छुरा प्रहार गरेका हुन् ।

सलमानमाथि मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारी चोकमा मंगलबार राति छुरा प्रहार भएको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट घाँटी, गर्धन र दायाँ हातका ४ वटा औंलामा चोट लागेका उनलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल भर्ना गरिएको छ ।

उनको अवस्था मध्यम रहेको मोरङ प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने सहायक हवल्दार राजवंशीलाई छुरासहित नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी गण रानी विराटनगर दरबन्दी भएका राजवंशी अस्थायी प्रहरी पोस्ट आयल निगममा कार्यरत थिए ।

आफ्नी श्रीमतीमाथि अनैतिक सम्बन्ध राख्ने गरेको आशंकामा राजवंशीले भारतीय नागरिक सलमानमाथि छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार श्रीमतीलाई मोटरसाइकलमा राखेर माइती घरतिर लैजाँदै गरेको अवस्थामा भेटेपछि सहायक हवल्दार राजवंशीले सलमानमाथि छुरा प्रहार गरेका थिए ।-अनलाइन नेपालबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖