• Saturday 17th of October 2026

अण्डा प्रतिक्रेट ३७५


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ। नयाँ समर्थन मूल्य चैत २२ गतेबाट लागू हुनेछ।

नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ। त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ।

संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ।

इटहरी, धनगढी र काठमाडौंमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो।

भौतिक र भर्चुअल रूपमा भएको बैठकमा अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल भएको संघले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖