• Saturday 17th of October 2026

पेट्रोलियम पदार्थ अन्वेषणको सामाग्री बोकेको गाडी दुर्घटना


  • धनकुटा खबर
  • .

पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ मेसिनको सामाग्री बोकेको गाडी दुर्घटनामा परेको छ।

कर्णाली राजमार्ग अन्तर्गत दुल्लु नगरपालिकाको पाली भन्ने स्थानमा ट्रक दुर्घटना भएको दैलेख प्रहरीले जानकारी दिएको हो।

प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन। चीनबाट आएका पेट्रोलियम अन्वेषणका लामा र ठूला ट्रकका लागि सडक सहज नभएकोले दुर्घटना भएको जनाइएको छ।

सुर्खेत हुँदै कर्णाली राजमार्गबाट दैलेखको भैरवी गाउँपालिकाको जलजलेसम्म अन्वेषणको लागि मेसिन लैजान लागिएको थियो। -नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖