• Saturday 17th of October 2026

फेसबुकमार्फत चिनजान ,प्रेम सम्बन्ध बिग्रिएपछि गोप्य तस्बिर सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौँ । साइबर अपराधको आरोपमा प्रहरीले तीन जना पुरुषलाई पक्राउ गरेको छ । गोप्य तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएर चरित्र हत्या गरेको भन्दै विभिन्न मितिमा तीन फरक फरक महिलाले दिएको उजुरीका आधारमा साइबर ब्युरोले तीन पुरुषलाई पक्राउ गरेको हो।

प्रेम सम्बन्ध बिग्रिएपछि एक महिलाको गोप्य तस्बिरहरु ३७ वर्षका रुपक शर्मा पौडेलले ह्वाट्स एप ग्रुपहरुमा सेयर गरिदिए । चितवनको भरतपुर घर भएका उनलाई मंसिर २१ गते साइबर ब्युरोको टोलीले पक्राउ गरेको छ ।

पीडित महिलाको निवेदन ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँबाट पक्राउ गरेर उनीउपर ७ दिनको म्याद थप भई अनुसन्धान थालिएको ब्युरोका प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले जनकारी दिए ।

यस्तै सामाजिक सञ्जाल फेसबुकमा साथी बनी कुराकानी हुने क्रममा आदान प्रदान गरिएका गोप्य तस्बिरहरू पीडकले रेकर्ड गरी राखेर पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको अर्को उजुरी ब्युरोमा पर्‍यो । उजुरीपछि रौतहटका कृष्ण प्रसाद अधिकारी भन्ने बिहानी बहादुर अधिकारीको संलग्नता खुलेपछि उनलाई पनि पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

यसैगरी फेसबुकमार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्विर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीहरूका म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको घटनामा अर्को निवेदन ब्युरोमा पर्‍यो । सो पछि अनुसन्धानका क्रममा सप्तरीका २४ वर्षीय लक्ष्मण यादव भनिने जगदिश यादवको संलग्नता खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ । यस्तै उनीउपर अदालतबाट ७ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

फरार रहँदै आएका उनलाई वैदेशिक रोजगारीबाट फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको ढकालले बताए । नियन्त्रणमा रहेका उनलाई मंसिर २३ गते अदालतमा पेस गरिने उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖