• Saturday 17th of October 2026

कतारबाट फर्किएका जगदिश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएका एक युवकलाई प्रहरीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

कतारबाट फर्किएका सप्तरी, बोदेबरसाइन नगरपालिका–६ का २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदिश यादवलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।

नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेको हो । यादवले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत चिनजान भइ निकट सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीहरूका म्यासेन्जरमा पठाइ चरित्र हत्या गरी दुःख दिएको भन्दै पीडितको जाहेरीका आधारमा कारबाही अघि बढाइएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका उपनिर्देशक तथा प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालका अनुसार शनिबार सार्वजनिक बिदा परेकाले यादवलाई आइतबारमात्र अदालतमा उपस्थित गराइने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖