• Saturday 17th of October 2026

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । चितवनमा शुक्रबार राति सवा ११ बजे गाडीको ठक्करबाट एक जनाको मृत्य भएको छ ।

मृत्यु हुनेमा पैदलयात्री राप्ती नगरपालिका-२ गड्यौलीका २८ वर्षीय सन्दीप रुवाली रहेको प्रहरीले जनाएको छ । उनलाई हेटौडादेखि नारायणघाटतर्फ आउँदै गरेको म.प्र.०३-००१ ख ०५५५ नम्बरको ईभी भ्यानले राप्ती नगरपालिका-१ स्थित पिप्लेमा ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका सन्दीपलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले राति सवा १२ बजे मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖