• Tuesday 27th of October 2026

प्रधानमन्त्रीको स्पेन भ्रमण प्रकरण : प्रधानमन्त्री सचिवालयलाई रेनु दाहालले दिइन् यस्तो चुनौती


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट तथ्यहीन समाचार सम्प्रेषण गरिएको भन्दै चितवनस्थित भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आपत्ति जनाएकी छन् ।

मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रमुख दाहालले आफ्नो सचिवालयबाट प्रधानमन्त्रीको स्पेन भ्रमणको विषयमा अफवाह नफैलाएको समेत बताइन् ।

महानगर प्रमुख दाहालले फेसबुकमा लेखेकी छन्,’तथ्यहीन समाचार सम्प्रेषण गरिएकोमा आपत्ति सहित गम्भीर ध्यानाकर्षण भएको छ । मेयर (रेनु दाहाल) को सचिवालयबाट आधिकारिक ढङ्गले अफवाह फैलाएको पुष्टि गर्न चुनौती दिन चाहन्छु ।

बरु प्रधानमन्त्रीको सचिवालयले सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछु । र व्यक्ति विशेषका कुरा लिएर अनावश्यक सचिवालयसँग नजोड्न र स्वयं सम्बन्धित व्यक्ति नै जिम्मेवार रहने कुराको समेत ध्यानाकर्षण गर्दछु । धन्यवाद’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖